शहीद लखन गाउँपालिकामा अरिङ्गाल पालन, पर्छ मानाको २ हजार

गोरखा | साउन २, २०८०

शहीद लखन गाउँपालिकामा अरिङ्गाल पालन, पर्छ मानाको २ हजार

गोरखा:   गोरखाको शहीद लखन गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ का केही किसानले घरमै अरिङ्गाल पाल्न थालेका छन् ।

 

अरिङ्गालका लार्भा बेचेर दैनिकी गुजार्न सघाउ पुग्ने र आय आर्जनको वैकल्पिक स्रोत हुने भन्दै व्यवसायिक रुपमा अरिङ्गाल पालन गर्दै आएका हुन् ।
 

यद्यपी यो व्यवसाय गर्न चुनौती रहेको शहीद लखन– ६ घैरुङका विनोद थापामगरले बताए ।

 

उनले विगत १५ वर्षदेखि अरिङ्गाल पाल्ने र त्यसको लार्भा बेचेर आम्दानी गर्दै आएको सुनाए । ‘अरिङ्गाल पाल्ने भनेर मौरीजस्तै गरी पाल्ने त होइन, जङ्गलमा अरिङ्गालले बनाएको गोलालाई घर छेउमा लगेर राख्ने अनि हुर्केपछि बेच्ने हो ।’ 

 

उनका अनुसार शरीरलाई तागत दिन्छ भनेर अरिङ्गालको लार्भा तारेर खानेहरूको सँख्या बढ्दै गएको छ ।

 

उनले आँगन छेउका रुख र टौवामा डेढ महिनादेखि अरिङ्गालको ११ वटा गोला हुर्काइरहेका छन् ।

 

आउँदो असोजसम्ममा उक्त अरिङ्गालले व्यापार गर्न योग्य लार्भा तयार गर्छ । त्यसपछि विक्री गर्ने योजना रहेको थापामगरले बताए ।

 

उनका अनुसार अरिङ्गालको बच्चा अर्थात् लार्भालाई प्रतिमाना  १५ सयदेखि २ हजार रुपैयाँसम्ममा विक्री हुन्छ । ‘एउटा गोलाबाट दुई पाथीसम्म लार्भा निस्किन्छ, मान्छेहरू खोज्दै घरमै आइपुग्छन्, कहाँ लगेर बेच्ने भन्ने समस्या छैन’, उनले भने ।

 

थापामगरले  जंगलमा पाइने अरिङ्गालको गोलालाई घर छेउमा सार्न त्यति सहज नहुने बताए ।  यो खबर उज्यालो अनलाइनमा किरण लोहनीले लेखेका छन् ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्