शहीद लखन गाउँपालिकामा अरिङ्गाल पालन, पर्छ मानाको २ हजार

गोरखा | साउन २, २०८०

शहीद लखन गाउँपालिकामा अरिङ्गाल पालन, पर्छ मानाको २ हजार

गोरखा:   गोरखाको शहीद लखन गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ का केही किसानले घरमै अरिङ्गाल पाल्न थालेका छन् ।

 

अरिङ्गालका लार्भा बेचेर दैनिकी गुजार्न सघाउ पुग्ने र आय आर्जनको वैकल्पिक स्रोत हुने भन्दै व्यवसायिक रुपमा अरिङ्गाल पालन गर्दै आएका हुन् ।
 

यद्यपी यो व्यवसाय गर्न चुनौती रहेको शहीद लखन– ६ घैरुङका विनोद थापामगरले बताए ।

 

उनले विगत १५ वर्षदेखि अरिङ्गाल पाल्ने र त्यसको लार्भा बेचेर आम्दानी गर्दै आएको सुनाए । ‘अरिङ्गाल पाल्ने भनेर मौरीजस्तै गरी पाल्ने त होइन, जङ्गलमा अरिङ्गालले बनाएको गोलालाई घर छेउमा लगेर राख्ने अनि हुर्केपछि बेच्ने हो ।’ 

 

उनका अनुसार शरीरलाई तागत दिन्छ भनेर अरिङ्गालको लार्भा तारेर खानेहरूको सँख्या बढ्दै गएको छ ।

 

उनले आँगन छेउका रुख र टौवामा डेढ महिनादेखि अरिङ्गालको ११ वटा गोला हुर्काइरहेका छन् ।

 

आउँदो असोजसम्ममा उक्त अरिङ्गालले व्यापार गर्न योग्य लार्भा तयार गर्छ । त्यसपछि विक्री गर्ने योजना रहेको थापामगरले बताए ।

 

उनका अनुसार अरिङ्गालको बच्चा अर्थात् लार्भालाई प्रतिमाना  १५ सयदेखि २ हजार रुपैयाँसम्ममा विक्री हुन्छ । ‘एउटा गोलाबाट दुई पाथीसम्म लार्भा निस्किन्छ, मान्छेहरू खोज्दै घरमै आइपुग्छन्, कहाँ लगेर बेच्ने भन्ने समस्या छैन’, उनले भने ।

 

थापामगरले  जंगलमा पाइने अरिङ्गालको गोलालाई घर छेउमा सार्न त्यति सहज नहुने बताए ।  यो खबर उज्यालो अनलाइनमा किरण लोहनीले लेखेका छन् ।

पोखरा:    आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले विकास र समृद्धि नै आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताएका छन् ।   पो...

थप पढ्नुहोस्

कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेख...

थप पढ्नुहोस्

पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधि जितेको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताम...

थप पढ्नुहोस्